कञ्चनपुरका ९२ वडामै नेकपा एमालेले वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । जिल्ला कमिटी सचिव सुरेन्द्र बिष्टका अनुसार कञ्चनपुरका ९२ ओटै वडामा अधिवेशन सम्पन्न गरिएको हो । यस अघि कार्तिक ६ गतेका लागि तोकिएको अधिवेशन वेमौसमी वर्षापछि आएको बाढी र डुबानका कारण शुक्रबारसम्म स्थगित गरिएको थियो ।

सचिव बिष्टले भने,–‘सबै वडामा आज अधिवेशन गरिएको छ, केही वडामा कमिटी चयन भई सकेको छ, कही भइरहेको छ,’ उनले भने,‘साँझसम्म सबै वडामा कमिटी चयन हुन्छ ।’ वडामा अध्यक्ष सहित उपाध्यक्ष, सचिव र दुई उप सचिव सहित बढीमा ३१ सदस्यीय कमिटी चयन गर्न सकिने विधानमा व्यवस्था छ । वडा अधिवेशनबाट नगर अधिवेशनका प्रतिनिधि पनि चयन गरिएका छन् ।

जिल्लाको भीमदत्तनगरपालिका ९, २, ४, १२, १४, १५, १६ र १९ नम्बर वडामा अधिवेशन सकिएको छ । ती सबै वडामा सर्वसम्मत कमिटी चयन गरिएको छ । भीनपा ९ को वडा अध्यक्षमा इन्द्र सिह धामी , वडा नम्बर २ मा देवदत्त जोशी, वडा वडा नम्बर ४ मा पशुपति ढकाल वडा नम्बर १२ मा भुवनराज पन्त, वडा नम्बर १४ मा सिता सिह, १५ मा दामोदर भट्ट, १६ मा जयराज भट्ट र वडा नम्बर १९ मा हरि सिह भण्डारी वडा अध्यक्ष भएका छन् । एमाले कञ्चनपुरमा १० हजार भन्दा बढी संगठित सदस्य छन् ।

प्रतिक्रिया दिनुस