कञ्चनपुर कात्तिक १२ । बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं ४ को नेकपा एमाले पार्टीको वार्ड कमिटी गठन गरिएको छ।

डिलाशैनी गाउँपालिका वार्ड ४ को एमाले वार्ड अध्यक्षमा महेश राज पन्त चयन भएका छन्।अध्यक्ष महेश राज पन्तको अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमीडी गठन गरिएको अध्यक्ष महेश राज पन्तले बताउनुभयो।

पन्त समाजसेवी तथा मठैराज सांस्कृतिक युबा क्लब अध्यक्ष समेत हुन। लामो समयसम्म पार्टी वहस छलफल पछि अध्यक्ष भएको पन्तले बताए। मलाई विश्वास गरेर जिम्मेवारी दिनु भएकोमा नेकपा एमालेका वार्ड कमिटी सदस्य तथा नेकपा एमालेका नेता कार्यकर्ता प्रति हार्दिक आभार व्यक्त गर्दै आफुले मठैराजको समग्र विकासको लागि आफु लागिपर्ने बताउनुभयो साथै नेकपा एमालेको जिम्मेवारी पनि वहन गर्न पन्तले बताए।

प्रतिक्रिया दिनुस