महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा २० हजार बराबरको पटका तथा विस्फोटक वस्तु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको टोलीले पुनर्बास नगरपालिका ६ ‘ङ’ गाउँ र सोही नगरपालिकाको वडा नं.११ डोके बजारबाट बेवारिसे अवस्थामा उक्त पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।
तिहारलाई लक्षित गर्दै संकलन गरिएका पटका तथा विस्फोटक वस्तु बरामद गरी नष्ट गर्ने अभियान चलिरहेको बमले बताए ।
प्रतिक्रिया दिनुस