कञ्चनपुर कार्तिक १४ । शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा कार्तिक पहिलो साता जंगली हात्तीको बथानले आक्रमण गरी मृत्यु भएका कार्की दाम्पत्ती परिवारलाई नेकपा माआवादी केन्द्रले २० हजार नगद आर्थिक सहयोग गरेको छ ।आईतबार नेकपा माओवादी केन्द्रका इन्चार्ज खगराज भट्ट बिनोद सहित जिल्ला, नगरका नेता कार्यकर्ताको उपस्थितिमा हात्तीपीडित कार्की परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले हात्ती पीडित परिवारलाई आर्थिक सहयोग गरेको माओवादी केन्द्र शुक्लाफाँटा नगर सह संयोजक नवराज अवस्थीले बताए । हात्तीको आक्रमणबाट मारिएका कार्कीको परिवारलाई नगर पार्टीका तर्फबाट सक्दो आर्थिक सहयोग गरिएको बताए । हात्तीपीडित परिवारका लागि केही राहत पु¥याउने उदेश्यका साथ २० हजार रुपैया सहयोग गरिएको अवस्थीले बताए ।
प्रतिक्रिया दिनुस