कैलालीको अत्तरिया चोकमा स्व। राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको छ । शालिक पुनः निर्माण समिति अत्तरियाले राजा महेन्द्रको शालिक पुनः निर्माण गर्नका लागि मंगलबार शुभारम्भ गरेको हो ।
२०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनका क्रममा चोकमा राखिएको राजा महेन्द्रको शालिक ढालिएको थियो । उक्त शालिक पुनः निर्माण गर्ने भन्दै विश्व ऊँकार एकता महाअभियान प्रार्थना सभाबाट असोज १७ गते सालिक पुनः निर्माण समिति गठन गरिएको थियो ।
सोही समितिले मंगलबार पुजा आजा गरेर चोकमा शालिक राख्ने कार्यको शुभारम्भ गरेको हो । पुरानो शालिक रहेकै स्थानमा ६ फिटको स्व। राजा महेन्द्रको शालिक राखिने शालिक निर्माण अभियान समितिका अध्यक्ष भट्टराइले बताए । शालिक सुभारम्भ कार्यक्रममा स्थानिय सहभागिका सुझाव समेत संकलन गरिएको थियो ।