नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले कैलालीका बाढी पीडितलाई राहत वितरण गरेको छ । गत असोज ३१ गते देखि ३ गते सम्म परेको अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिक–८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्‍न वितरण गरिएको संघले जनाएको हो ।
नेपाल भारत मैत्री संघका उपाध्यक्ष हरि शङ्कर ठाकुरका अनुसार बाढीले क्षति पुर्‍याएका परिवारलाई प्रति घर २५ केजी चामल, २ केजी दाल नुन र तेल सहयोग गरिएको छ । बाढी प्रभावितहरुलाई राहत वितरणको लागि केन्द्रीय सह अध्यक्ष शैलेन्द्र मोहन झा ,केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुल बहादुर साउद , केन्द्रीय उपाध्यक्ष हरि शङ्कर ठाकुर, महासंघका सचिव बोध कृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी,आजिवन सदस्य पुष्कर अवस्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस