काठमाडौं–पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७ र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ४७४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुस