कैलालीमा नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुस