नेपाली बजारमा छापावाल सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। आइतबार छापावाल सुनको मूल्य २ सयले बढेर ९४ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको थियो।

नेपाली सुन चाँदी व्यवसायी महांघले जनाए अनुसार आइतबार तेजावी सुनको मूल्य ९४ हजार १ सय तोकिएको छ। शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ९ सयमा कायम गरिएको थियो। यस्तै, आज चाँदी प्रतितोला १ हजार २९५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार २८५ मा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुस