कैलाली । बुलबुले रानी सामुदायिक वनमा लागेको ताला खोलिएको छ । घोडाघोडी नगरपालिका–९ र १० रानीझिरौँखामा रहेको बुलबुले रानी सामुदायिक वनमा ताला लगाउनेहरूको उपस्थिति बिना ५ दिन पछि शनिवार ताला खोलिएको हो ।

सामुदायिक वनका पदाधिकारीले शनिवार पत्रकार सम्मेलन गर्दे उपभोक्ताहरुको उपस्थितिमा ताला खोलिएको हो । कार्तिक २५ गते गैर उपभोक्ताहरूले ताला लगाएको वनका अध्यक्ष खडक बहादुर बुढाले आरोप लगाए । सामुदायिक वनमा उपभोक्ता नभएर नेपाली काग्रेशका व्यक्तिहरूले ताला लगाएको बुढाको आरोप थियो । गर्दे नगरेको आरोप लगाएर सामुदायिक वन र आफ्नो बदमान गर्ने काम गरेको अध्यक्ष बुढाले बताए । निर्वाचनका बेला अमुक व्यक्तिलाई लाभ पुग्ने गरी सम्झौता गरिएको पत्र आफूले कार्यान्वयन नगरेको उनले प्रस्ट पारे ।

त्यो सम्झौता पत्र निर्वाचन जित्नको लागी मात्र भएको सामुदायिक वनका अध्यक्ष खडक बहादुर बुढाले बताए । मङ्सिर भित्रमा बनको साधारण सभा हुने भएकाले बाहिरिएको गोप्य सम्झौता पत्रबारे आफूले उपभोक्ता सामु स्पष्ट पोर्न समेत बताएका छन् । उनले प्रेम बुढा आफ्नै भतिजा भएकाले कसैको उक्साहटमा अध्यक्षमा दाबी गरेपछि उक्त सम्झौता भएको बताए । अध्यक्ष बुढाले वनमा अनियमितता भएको भन्ने कुराको खण्डन समेत गरेका छन् । मैले संस्थाको हित हुने काम गरेको छु , “उनले भने, तत्काल किन विशेष साधारण सभा बोलाउने रु त्यसको पनि समय छ , प्रक्रिया छ समय आएपछि सबै हुन्छ ।” यो सब राजनीतिक एजेन्डा भएको वनका अध्यक्ष खडक बहादुर बुढाले बताए । आफूले वनको र उपभोक्ताको हित हुने काम गरेको र कुनै कमिसनको चक्करमा नलागेको उनले बताए ।

प्रतिक्रिया दिनुस