काठमाडौँ । आइतवार थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठजनाको पिसिआर परीक्षण गर्दा २९१ जना र एक हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कूल सङ्ख्या नौ लाख १२ हजार ५३ पुगेको छ । गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृतक ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सात लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या सात हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेशनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये २२२ जना आइसियू र ६७ जना भेन्टिलेटरमा उपचारमा छन् । दश वर्षमुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुस