कञ्चनपुर कार्तिक २८। पछिल्ला समयमा चर्चित टिकटककर्मीका रुपमा परिचित अंशु बंर्माले अनाथ बाललिकालाई भोजन खुवाएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकालाई उनले भोजन गराएका हुन् ।

भीमदत्त नगरपालिकाका स्थानीय समेत रहेका बर्माले आफ्नो आन्दानीबाट असहायलाई सहयोग गदैँ आएका छन् । सोही कार्यक्रम अन्र्तगत उनले अनाथ बालबालिकालाई भोजन गराएको बताएका छन् । बालबालिकासँग रमाईलो गरि उनिहरुको मुहारमा खुसियाली ल्याउन भोजनको कार्यक्रम आयोजना गरिएको उनले बताए ।

उनले यस अघि पनि सोही अनाथालयमा लुगा कपडा वितरण गरेका थिए । साथै अगामी दिनमा पनि आवश्यक सहयोगका लागि समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा बाशुदेव भट्ट, अमन सिंह, गायत्री भट्ट, सन्तोष नाथ, लिलाधर भट्ट , सृजना धामी, शिला महरा, महेन्द्र सिंह, आशिका जोशी, नवीन भट्ट, मोनिका बोहरालगायतको सहभागिता रहेको थियो ।

बर्माले टिकटक लाईभ होस्ट गरि मनग्य आम्दानी गदैँ आएका बर्माले टिकटकबाट आएको पैसालाई सामाजिक कार्यमा खर्च गरि असहायलाई सहयोग गदैँ आएका छन् ।

प्रतिक्रिया दिनुस