कञ्चनपुर मंसिर ३ । पछिल्लो समय टिकटकमा चर्चित अंशु वर्माले निरन्तर सामाजिक कार्यमा सक्रिय छन् । जहाँ दिन दुखी र त्यहाँ हाम्रो टिम भन्ने नाराका साथ बर्मा सामाजिक कार्यमा लागि परेका छन् । सोही अभियान अन्र्तगत टिकटक स्टार बर्माले शुक्रबार कैलालीको गोदावरी नगरपालिकास्थित महिला तथा बालबालिका सेफ हाउसमा सहयोग गरेका हुन् ।
उनले टिकटक लाईभमार्फत भएको आम्दानीबाट सेफ हाउसमा सहयोग गरेको बताएका छन् । उनले सेफ हाउसलाई तीन सय केजी चामल, ४० केजी, आलु, १५ केजी दाल, ६२ प्याकेट मिठाई र पाँच पेटी चाउचाउ लगायतका खाद्य सामाग्री गरेको बताए । आफ्नो आम्दानीबाट असहायलाई सहयोग गर्ने उद्देश्यका साथ खाद्यान्न सहयोग गरिएको बर्माले बताए ।
बेला–बेलामा विभिन्न सामाजिक कार्यमा गदैँ आएका बर्माले यसअघि अनाथालय, वृद्ध सेवा केन्द्र र बाढी पिडितलाई पनि सहयोग गरेको थिए । ‘आर्थिक अवस्था कमजोर भएका, समस्यामा परेकोलाई निरन्तर रुपमा सहयोग गदैँ आएको छौँ ।’ उनले असहायलाई सहयोग गर्दा उहाँको दैनिकी सहज हुन सक्छ, सबैले सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।
सहयोग कार्यक्रममा बाशुदेव भट्ट, लिला भट्ट, सिर्जना धामी, अमन सिंह, महेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो । सेफ हाउसकी अध्यक्ष जानकी मलासीले सेफ हाउसलाई सहयोग गरेको धन्यवाद दिईन् । उनले दाताका भरमा चलिरहेको सेफ हाउसलाई गरिएको खाद्यान्न सहयोगले ठुलो राहत मिल्ने बताईन् । साथै उनले अन्य दातालाई पनि सहयोगका लागि आग्रह पनि गरिन् । टिकटक स्टार बर्माले यसअघि पनि सेफ हाउसमा खद्यान्न सहयोग गरेको थिए ।