महेन्द्रनगर । बैतडीमा ४९ वर्षीय महिला माथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्लाको शिवनाथ गाउँपालिका -२ फट्केढुंगाकी ४९ वर्षीया चम्पादेवी साउँदमाथि कुटपिट गरेको आरोपमा डडेल्धुरा भागेश्वर गाउँपालिका -१ का १८ वर्षीय सन्दीप सार्कीलाई प्रकाउ गरिएको प्रहरीले जनाएको हो । देगडा मेला हेर्न आएका सन्दीपले एकल महिला साउँदको टाउकोमा हिर्काएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
घाइते चम्पाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले महिलामाथि कुटपिटको कारण खुल्न नसकेको बताएको छ भने स्थानीयहरुले गरगहना लुट्नका लागि सार्कीले कुटपिट गरेको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुस