समाजिक क्षेत्रमा होमिएका कञ्चनपुरका एक युवा नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका १०को वडाध्यक्षमा निर्वाचित भएका छन । शनिबार माओवादी केन्द्रको देशभरीका वडामा भएको सम्मेलन अन्तर्गत बेदकोट नगरपालिका १०मा भएको सम्मेलनबाट समाजिक क्षेत्रमा होमिएका युवा सागर सुनार अध्यक्षमा निर्वाचित भएका हुन । सहमतीय आधारमा माओवादी केन्द्र बेदकोट नपा १०को वडाध्यक्षमा सुनारको अध्यक्षतामा २९ सदस्यीय माओवादी केन्द्रको वडा कमिटि विस्तर भएको छ । उनी यस अघि रत्नमाविको अध्यक्ष हुँदा विद्यालय बृति विकासमा काम गरेका थिए । भने अहिले शिव खानेपानी उपभोक्ता सरसफाई समितिको अध्यक्ष हुन । युवा समाजसेवि सुनारले कोरोना महामारीक बेलामा रोकथाम एव विपन्न समुदायको हक अधिकारका लागि काम गरेका थिए । नेकपा हुँदा पनि उनलाई बेदकोट नपा १०कै जिम्मेबारी थियो । उनले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘मलाई दिएको जिम्ेमबारी पुरा गर्छु, ‘उनले विपन्न समुदाय र विकासबाट पिछडीको क्षेत्रमा काम गर्छु ।’

प्रतिक्रिया दिनुस