कञ्चनपुरमा नेपाली काँग्रेसको महाधिवेशनबाट एक शिक्षक क्षेत्रीय सदस्य बनेका छन् । शुक्लाफाँटा नगरपालिका–९ मा रहेको आशिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबहादुर ऐर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेको छ । तर उनले त्यसको विपरीत गएर चुनाव लडे र जिते पनि । तर उनले आफू त्यो कानुनबारे जानकार नभएको जनाए । मलाई कानूनी कुरा थाहा थिएन, अब पद छोड्नुपर्ने भए छोड्छु’ उनले भने।
मंगलबार मात्रै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्राध्यापक, शिक्षक वा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण नगर्नरनगराउन निर्देशन दिएको छ ।