धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरे ।
यसैगरी, उनले एमसीसीको विषयमा सबैसंग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् । तीन तहको चुनाव एकसाथ गर्नु पर्ने प्रचण्डको जोड छ । यसो गरेमा खर्च कम हुने उनले बताए । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन ।
प्रतिक्रिया दिनुस