महेन्द्रनगर । कञ्चनपुरमा १८ वर्ष माथीका एकलाख बढीलार्ई कोभिड–१९ कोराना भाइरस विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लोपटक खोप लगाउन छुटेका र ४५ वर्ष मुनीका एकलाख ७ हजारलाई कोरोना विरुद्धको खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्टेन निरीक्षक जनक कुवरका अनुसार मंसीर ११ गतेदेखी एक लाख डोज भेरोसिल र ७ हजार डोज कोभिसिल्ड लगाइने छ । जसका लागी ९ वटै पालीकामा खोप पठाउनेकार्य भइरहेको उनले जनाए । यसअघी ४५ वर्ष माथीका १ लाख ३४ हजार बढीले कोरोना विरुद्धको खोप लिएको उनले जनाए ।
प्रतिक्रिया दिनुस