
बाजुरमा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। प्रहरीका अनुसार बडिमालिका नगरपालिका–७ जिल्ली९तलगाउँ० का १९ वर्षीया किसन विकलाइ चोरीमा प्रयोगका लागी राखिएका घरेलु हतियार सहित पक्राउ गरिएको हो ।
घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि बिहान २ः३० बजे बाउली बजारबाट उनलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। पक्राउ परेका विकको साथबाट घर तोडफोड गर्न प्रयोग गरिने छिनो, कोदालो, किला २ थान, ताला र दुई वटा मोबाइल बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुस

