नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि काँग्रेस कञ्चनपुरको दोस्रो बरियताको पद उप सभापतिका लागि थारु समुदायबाट हरिचन्द्र राना देखिएका छन । लामो समयदेखि काँग्रेसको राजनीतिमा होमिएका राना उपसभापतिको दौडमा देखिएका हुन ।
बेलडाँडीका स्थानीय रानालाई एनपी साउद दिवान विष्टको साथ रहेको छ । सोही प्यानलबाट राना उप सभापतिका लागि देखिएका हुन । दुई दशकदेखि काँग्रेसको राजनीतिमा होमिएका रानाले यस पटक उप सभापतिको यात्रा तय गरेका हुन । यस अघि उनी काँग्रेस कञ्चनपुरको जिल्ला सदस्य थिए ।
०५७ सालदेखि काँग्रेसको सकृय राजनीतिका रहेका रानाले यस अघि पार्टी जिल्ला सदस्य, आदिवासी जनजाति विभाग प्रमुख, जिपी फाउण्डेशन सचिव शिक्षक संघ आजिवन सदस्य रहेका रहेका रानालाई यस पटक काँग्रेस केन्द्रीय सदस्य एनपी साउद, संविधान सभा सदस्य दिवान विष्टको अटुट साथसर्मथन रहेको छ । काँग्रेसलाई एक ढिक्का र आम थारु आदिवासीको पार्टी बनाउने उनको योजना रहेको छ ।
‘म पार्टीलाई थारु आदिवासीको समेत पाटी बनाउँछु, ‘उनले भने, ‘हाम्रा कतिपय आदिवासी समुदाय काँग्रेस पार्टीलाई पहाडी र धनीहरुको पाटी सोच्छन, तर त्यसो होईन, सबैको पाटी बनाउँछु ।’ काँग्रेसमा लोकतान्त्रिक प्रणालीको विकासका साथै आदिवासी, जनजाति, थारु एव सबैलाई समेटदै पार्टीलाई बलियो बनाउँने रानाको प्रतिबद्धता छ । ईमान्दार, लगनशिल र निष्ठावान नेता भएकाले काँग्रेस शिर्ष नेताहरुले समेत रानालाई पत्याएर उप सभापतिको उम्मेदवार अघि सारेका हुन । उनले जिल्लाभरीका काँग्रेस नेता कार्यककर्तालाई सहयोगका लागि अपिल गरेका छन ।