महेन्द्रनगर । कञ्चनपुरमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको भीमदत्तनगरपालिका र दोधाराचादनी नगरपालिकामा २–२ जना र बेलौरी नगरपालिकामा १ जनागरी ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरकी कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार सोमबार ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो समय जिल्लामा कोरानाका केस केही मात्रामा मात्रै देखा पर्न थालेका उनले जनाइन् ।

प्रतिक्रिया दिनुस