काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार २१.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६२९.९७ सिमित भएको छ । सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८ करोड ९३ लाख ७ हजार १३३ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार हाइड्रोपावर उपसमूह ०.०१ प्रतिशत र म्युचल फण्ड ०।१२ प्रतिशतले बढेका छन् भने अन्य उपसमूह राताम्मे छन् । कम्पनीतर्फ आज न्यादी हाइड्रोपावर लिमिटेड ९।९९ प्रतिशत, समलिङ पावर कम्पनी लिमिटेड ९.९८ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड ४.२६ प्रतिशत, कालिका पावर कम्पनी लिमिटेड ३.६७ प्रतिशत र स्वभिमान लघुवित्त संस्था लिमिटेड ३.५९ प्रतिशतले बढेका छन् ।
प्रतिक्रिया दिनुस