महेन्द्रनगर । नेकपा विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने भएको छ । संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन पछि प्रथम वैठकले दुई महिने अभियान संचालन गर्ने भएको हो ।

युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आउँदो पुष ११देखि अभियान प्रदेशभरी अभियान संचालन हुने बताए । उनका अनुसार बुधबार शुदुरपश्चिम प्रदेश ईन्चार्ज भुवन कुवरको अध्यक्ष्यता बसेको बैठकले दुई महिने अभियान संचालन गरिने निर्णय गरेको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डबल शाह, अग्नी, जिल्ला सचिव जिवन लगायतको उपस्थिति रहेको थियो । युवा संगठन नेपालले अभियान देशैभरी संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुस