महेन्द्रनगर । सुदूरपश्चिममा गत आर्थिक वर्षमा झण्डै ३९ हजारले आंसिक रोजगारी प्राप्त गरेका छन् । श्रमतथा रोजगार शाखा धनगढी कैलालीका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिमका ३८ हजार २ सय २४ जनाले विभिन्न व्यवशायीक क्षेत्रमा आंसिक रोजगारी प्राप्त गरेका हुन् ।

श्रमतथा रोजगार शाखाकी नायव सुब्बा चम्पा जोशीका अनुसार होटल, पर्यटन, उद्योग, निर्माण, यातायात, कृर्षी, पशुपालन, सूचना प्रविधी, जलस्रोत र उर्जा क्षेत्रमा उक्त संख्यामा व्यक्तिहरुले रोजगारी प्राप्त गरेका छन् । जसमध्ये ८५ जनाले पुर्णरुपमा रोजगारी पाएका श्रम तथा रोजगार शाखा धनगढी कैलालीका नायव सुब्बा जोशीले जानकारी दिइन् ।

जसमध्ये कञ्चनपुरका ६ हजार ५ सय ५१ महिला र ४ हजार ५ सय २ तालिम प्राप्त पुरुष मध्ये १ हजार ५ सय स६३ जनाले आंसिक रोजगारी पाएका छन् । कैलालीमा १६ हजार २ सय १६ महिला र ११ हजार ८ सय ६३ पुरुष मध्ये ६ हजार ८६ जनाले आंसिक रोजगारी प्राप्त गरेको श्रम तथा रोजगारी शाखाकी नासु जोशीले जानकारी दिइन् ।

त्यस्तै अछाममा ८ हजार २ सय ७ महिला र ८ हजार ६ सय ७ पुरुष मध्ये ४ हजार २ सय ९७, बाजुरामा ७ हजार ३ सय ७१ महिला र ११ हजार ७ सय ७१ पुरुष मध्ये ४ हजार ५ सय २४ जनाले आंसिक रोजगारी प्राप्त गरेका छन् । डडेल्धुरामा ५ हजार १४ जना, बैतडीमा ६ हजार ४ सय ९१ जना, दार्चुलामा ३ हजार ९ सय ९३ जना, बझाँङमा २ हजार ८ सय ५३ जना र डोटीमा ३ हजार ४ सय ३ जना गरी सुदूरपश्चिमका नौं वटै जिल्लामा ३८ हजार २ सय २४ जनाले आंसिक रोजगारी प्राप्त गरेका हुन् ।

त्यस्तै सुदूरपश्चिममा व्यवशायीक तथा सिपविकास तालिम केन्द्र कञ्चनपुरबाट १ हजार १ सय ८९ जना र कैलालीबाट १ हजार १ सय ४२ जनालाई रोजगारीका लागी तालिम उपलब्ध गराइएको छ । त्यस्तै ५ सय ७९ जनालाई बिभिन्न तालिम प्रदायक संघ संस्थाहरु सँग समन्वय गरी तालिम उपलब्ध गराइएको श्रम तथा रोजगार शाखाकी नासु जोशीले जानकारी दिइन् ।

मंगलबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय श्रम रोजगार शाखाले महेन्द्रनगरमा आयोजना गरेको रोजगारदाता र स्थानीय स्तरका टे«ड युनियनहरूसँग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । कार्यक्रममा सहभागीले कञ्चनपुरमा समय अनुकूल तालिम सञ्चालन नगरिने गरेका भन्दै आपत्ति जनाएका थिए ।

बेरोजगार युवाहरूले उपयुक्त सिप नपाउँदा बाह्य मुलुकमा गएर समेत भौँतारिनु पर्ने अवस्था रहेको कार्यक्रममा सहभागीहरुको गुनासो थियो ।

कार्यक्रमका अध्यक्ष सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गोविन्द प्रसाद पोखरेलले स्थानीय स्तरमा रोजगारीका अवसर सृजना र जसका लागी प्रदेश सरकारले उचित तालिमको व्यवस्था मिलाउने जनाए । समय सुहाउँदा तालिमका कार्यक्रम ल्याई विभिन्न अवसरहरू मार्फत बेरोजगार युवाहरूलाई रोजगार उन्मुख गराउन प्रदेश सरकार अग्रसर रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुस