नेपाल प्रहरीमा अहिलेसम्म एउटै पदबाट अवकाश पाउने कर्मचारी हुन्– कार्यालय सहयोगी । तर अब उनीहरू पनि सुब्बा सरहसम्म बढुवा हुन पाउने भएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत प्रहरी नियमावली, २०७८ को नवौं संशोधनमा कार्यालय सहयोगीको पाँचौ स्तरसम्म बढुवा हुने व्यवस्था गरिएको हो । तर यसबारे विवरण सार्वजनिक हुन बाँकी छ । गृह मन्त्रालय स्रोतका अनुसार १५ देखि २० वर्षभन्दा कम सेवा अवधि भएकालाई चतुर्थ तथा २० वर्ष वा यसभन्दा बढी सेवा अवधि भएकालाई पाँचौ स्तर कायम गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुस