फाइल।

कैलालीको धनगढी–अत्तरीया सडक खण्डको मनहरामा गाडीले कुल्चिएर एक जनाको मृत्यु भएको छ । प्रहरीले मनहरा पुल नजिक गए राति करीव १०: ३० बजे गाडीले कुल्चिएर अन्दाजी करीव २५ वर्षका एक जनाको मृत्यु भएको जनाएको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

गाडीको पांग्राले कुल्चिएका कारण अनुहार क्षतबिक्षत छ । जस कारण मृतकको पहिचान हुन सकेको छैन । ती युवकलाइ कुल्चिने गाडीको समेत पहिचान हुन सकेको छैन । यद्दपि अत्तरीयाबाट धनगढी आउदै गरेको गाडीले ती युवकलाई कुल्चिएको प्रहरी अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको साथमा रहेको व्याग र रक्सीको बोतल समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुस