१८ मंसिर भुवन भट्ट, महेन्द्रनगर । धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।लि।ले वायु प्राङ्गारिक मल सुदूरपश्चिममा विक्री सुरु गरेको २ वर्षमै किसानहरूले अत्याधीक रुचाएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर सहित बैतडी जिल्लामा आपूर्ति भइरहेको उक्त मलको प्रयोगमा वृद्धि भएको पाइएको हो ।

डिपो अत्तरियाबाट प्रदेशका विभिन्न जिल्लामा मल वितरण गरिरहेको धनवर्षा वायु प्राङ्गारिक मलको उपयोगबाट किसानहरूले राहत महसुस गरेपछि मागमा समेत वृद्धि भएको प्रालिले जनाएको छ । शनिवार महेन्द्रनगरमा धनबर्षा इन्डस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा।लि।ले वार्षिक समीक्षा तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिममा मलको मागमा वृद्धि हुँदै गएको जनाएको हो । कार्यक्रम बोल्दै धनवर्षा इन्टस्ट्रिज एण्ड बायो टेक्नोलोजी प्रा.ली. अत्तरियाका डिपो इन्चार्ज प्रमानन्द भट्टले आधुनिक प्रोटिन हाइड्रोलिसिस प्रविधिको सहयोगबाट विभिन्न १६ प्रकारका अमीनोग्रामहरुको झोल लेप गरी निर्मित दानादार प्राङ्गारिक मल यस क्षेत्रमा बिक्री सुरु भएसँगै उपभोक्ताहरूले अत्याधीक रुचाएका बताए ।

कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले अहिले पनि अधिकांश किसानहरूले भारतियमलको प्रयोग गरिरहेको देख्नमा आइरहेकाले त्यसको रोकथामका लागी पहल चालिने जनाए । मेयर ऐरले सुदुरपश्चिममा जनशक्तिको सदुपयोग सँगै प्राङगारिक मलको प्रयोगबाट स्वास्थ्यमा समेत असर नपर्ने जनाए । उनले स्वदेशमै निर्मित मलको प्रयोग गर्न किसानहरुकहा पु¥याउन पहल चालिने बताए ।

गत वर्ष देखी मात्रै अत्तरियामा कार्यालय उद्धघाटनगरि कञ्चनपुर, कैलाली सहितका जिल्लामा मल उपलब्ध गराउन सुरु गरिएको धनवर्षा इन्डस्ट्रिज एण्ड बायो टेक्नोलोजीका अधिराज्यबजार व्यवस्थापक सुधीर सिंहले बताए ।
सुरुमा २ सय ५० क्विन्टल पु¥याउने लक्ष्य लिइएकोमा अहिले ८ सय क्विन्टल पठाउँदा समेत उपभोत्ताको माग पुरा गर्न नसकिएको उनले जनाए ।

उनले भने,–‘हाल मागमा ४ गुणाले वृद्धि भएको पायौ यस वर्ष मात्रै पठाइएको ८ सय क्विन्टल मल माग अनुसार पूर्ति गर्न सकिएन।’
मागमा भएको वृद्धि अनुरूप उत्पादनमा वृद्धि गरी आगामी दिनमा उपभोत्ताको माग अनुसार सुदूरपश्चिमबाट मल विक्रिवितरण गरिने उनले बताए ।

कार्यक्रममा कृर्षी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिल बहादुर विष्टले उपभोक्ताको माग पुरा गर्न समेत धनवर्षा इण्डस्ट्रिज एण्ड बायो टेक्नोलोजीलाई शुभकामना दिए । कृर्षी क्षेत्रको विकासका लागी आफुहरु सधैव कटिबद्ध रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुस