नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा सघ नेपाल कृष्णपुर नगरको अध्यक्षमा रोशन ऐर चयन भएका छन । आइतबार युवा संघ नेपाल कृष्णपुरको भेलाले ऐरको अध्यक्षतामा संगठन विस्तार भएको समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले बताए । उपाध्यक्षमा विक्रम रावल, केशवराज भट्ट, सचिव ओम बिक्रम बम, सह सचिव धना ठगुन्ना, मदन जैगडी सहित रहेका छन ।

 

युवा संघ केन्द्रीय कार्यालय सचिव नरेश गिरी, समाजवादी सुप प्रदेशका सदस्य सुरेन्द्र बम, युवा संघ कञ्चनपुरका संयोजक हरिस पन्त सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट युवाहरुले प्रवेस गरेका छन । कृष्णपुर नगरपालिका १ बाट चेतमान बुढा, रोहित बुढा, नौराज बुढा, २बाट युवा व्यवसायी समेत रहेका गोबिन्द विष्ट, ईन्जिनियर मिरज चन्द, बिरु रावल, लक्ष्मण भुल सहितका युवाहरुले समाजवादी युवा प्रवेस गरेका थिए ।

प्रतिक्रिया दिनुस