बझाङ । बझाङमा कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट धनजनको क्षतिमा परेका पिडीतलाई बिभिन्न दाताहरुले सहयोग गरेका छन् । जिल्ला पुख्र्यौली घर भएर कैलालीमा बस्दै आएकाहरु र जिल्लाका डाक्टरहरुले संकलन गरेको राहत बझाङका विपद् पीडितहरुलाई वितरण गरिएको छ ।

सुर्मा देवी बझाङी समाज कैलाली र देशभर छरिएर रहेका बझाङका डाक्टरहरुको संगठन बझाङी डक्टर्स ग्रुपले संकलन गरेको १० लाख बढी रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट जिल्लामा धेरै धनजनको क्षति भएकाले जिल्लाबासीहरुको पीडा कम गर्न राहात संकलन गरी वितरण गरिएको दुवै संस्थाले जनाएका छन् ।

यस्तै, बझाङी डक्टर्स ग्रुपले संकलन गरेको राहत बझाङको खप्तड छान्ना गाउँपालिकाका विपद् पिडितलाई हस्तान्तरण गरिएको छ । डाक्टरहरुको समूहले चार लाख तीनहजार बराबरको रकम राहत स्वरुप वितरण गरेको हो ।

प्रतिक्रिया दिनुस