महेन्द्रनगर । प्रेस काउन्सिल नेपालले महेन्द्रनगरमा पत्रकार आचारसंहिता र मिडियाप्रतिको जनगुनासो सुनवाई कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्रमा मिडीयाको पहुँच र बिकृतीलाई औँल्याउदै प्रेस काउन्सील नेपालले जनगुनासो सुनुवाइ कार्यक्रम मार्फत आगामी दिनमा पत्रकारले आचारसंहिता पालना गर्दे नियमित कर्म गर्न सुझाव दिएको हो ।
बिहिबार पत्रकार महासंघ शाखा कञ्चनपुर सँगको संयोजनमा महेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रेस काउन्सील नेपालका कुसल अर्यालले यस वर्षको हाल सम्म ९६ संचारमाध्यम विरुद्ध उजुरी परेका जानकारी दिए । उनले ६१ उजुरी फछ्र्याैट सहित ३५ उजुरी प्रक्रियामा रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अटेरि गर्ने ५४ मिडीया बन्द गराउन सम्बन्धीत निकायलाई पत्राचार समेत गरिएको जानकारी दिए ।
उनले अनलाइन पत्रकारीतालाई मुलधारमा ल्याउने र वर्गिकरणमा राख्ने गरि कार्य अघि बढाइएको जानकारी दिए । काउन्सिलले थुप्रै विषयमा सुधारका कार्यक्रम ल्याइने समेत उनले जनाए । प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले आचार संहिता पालना गरेर काम गर्न सुझाव दिए । उनले पत्रकारीता बाटै समाज रुपान्त्रण हुने बताउदै वास्तविक विषयमा केन्द्रीत भइ समाचार सम्प्लेसण गर्न आग्रह गरे ।
पत्रकार चित्राङक थापाले पत्रकारीता समय अनुकुल चल्न नसक्दा अनेक विकृती देखीएको समेत औंल्याए । उनले गल्ती कमजोरी सच्याउदै अगाडी काम गर्दे जानुपर्ने हौसला प्रदान गरे ।
कार्यक्रममा भीमदत्त नगरकी उप प्रमुख शुशिला सिहले आचार संहिता पालना नगर्दा अर्काको चरित्र हत्या हुने भएकाले त्यसमा ख्याल गरेर अघि बढ्न सुझाव दिइन् । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधाव सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सचिव राजेन्द्र प्रशाद अवस्थीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा काउन्सिलका पदाधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चर्तुवेदी, शसस्त्र प्रहरी उपरिक्षक विरेन्द्र ऐरी, जनप्रतिनिधी लगायतका जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।