फाइल।

अछाममा १६ वर्षीय किशोरीको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। मंगलसैन नगरपालिका–११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शुक्रबार खरतोला भन्ने ठाउँमा मृत फेला परेकी थिइन्। उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन्। मृतक किशोरीका आफन्तले हत्या गरेको भन्दै चार जनाविरूद्ध जाहेरी दर्ता गरेका थिए।

किटानी जाहेरीको आधारमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुस