महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानले उखु कटान सुरु गरेका छन् । मंसिर २२ गते देखी मिलले कटान पुर्जी जारी गरेपछि उखु कट्न सुरु गरेका हुन् । कञ्चनपुरको बेलौरी, बेल्डाँडीमा करिब ३ हजार ५ सय किसानले ६ हजार बिघा क्षेत्रफलमा उखु खेती गरेका छन् ।
बेलौरीनगरपालिका शिवनगरमा रहेको महाकाली सुगर मिलले उखु कटानका लागि मंसिर २२ गतेदेखि पुर्जी काटेको थियो । सरकारले नयाँ मुल्य निर्धारण नगर्दा प्रति क्विन्टल ५ सय ४४ का दरले उखु विक्री गरिरहेको किसानहरुले जनाएका छन् । महाकाली सुगर मिलका प्रवन्धक कालु ठगुन्नाका अनुसार अहिले दैनिक २० हजार क्विन्टल उखु खपत भइरहेको छ । दैनिक २२ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता महाकाली सुगर मिलसँग रहेको छ ।
प्रतिक्रिया दिनुस