महेन्द्रनगर । कञ्चनपुरमा सालको गोलिया सहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहान ४ बजे जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डा स्थित वैजनाथ मध्यवर्ती सामुदायीक वनमा सालको काठ काटिरहेको अवस्थामा दुइजनालाई पक्राउ गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको हो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ पर्नेमा महाविर बिष्ट र प्रेम नेपाली रहेका छन् । उनिहरुको साथबाट ३.५१ क्युफिट सालको काठ बरामद गरिएको उनले जनाए । उनिहरुलाई मजगाउ ल्याइ थप अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुस