नेपाली काँग्रेसको सभापति पदका लागि मंगलबार भएको पुनः मतदानको मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो ।
निर्वाचन समितिका अनुसार अबको करिब ३ घण्टामा कांग्रेसले नयाँ सभापति पाउनेछ । काँग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । आज भएको मतदानमा सोमबारको तुलनामा कम मत खसेको थियो । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना थिए ।
राष्ट्रियसभा गृहका तीन स्थानमा मतगणना गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार गणना सुरु भएको करिब ३ घण्टामै नतिजा आउनेछ ।
प्रतिक्रिया दिनुस