डडेल्धुराको अमरगढी नगरपालिकामा शोक विदा दिईएको छ । डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधन भएको शोकमा मंगलबार नगरपालिकामा एक दिन विदा दिइएको हो । ५० वर्षीय भट्टको बे्रन हेमरेजको कारण सोमबार काठमाण्डौंमा उपचारका क्रममा निधन भएको थियो ।
एक्कासि बेहोस भएपछि उनलाई गत २८ मंसिरमा उपचारका लागि काठमाडौं लगिएको थियो । भट्ट कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वर प्रशाद ओझाले एक शोक व्यक्तव्य निकाल्दै भट्टको निधनले अमरगढी नगरपालिकालाई ठूलो क्षति पुगेको बताएका छन । विज्ञप्तीमा भनिएको छ ‘भद्र एवम् बैद्धिक व्यक्तित्विका रुपमा रहनुभएका वहाँले गर्नुभएको अभिभावकीय र समन्वयकारी भूमिका सदा स्मरणीय रहेनछ ।’
प्रतिक्रिया दिनुस