फाइल ।

काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताएका छन्। मङ्‍गलबार कपिलवस्तुमा आयोजित सभामा सम्बोधन गर्दै उनले ुएमालेले जहाँ टेक्यो, त्यहीँबाट विकास सुरु हुनेु बताए। ‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले पछाडि पर्‍यो, त्यहाँ विकास हुँदैन, उनले भने, ‘त्यसकारण म आग्रह गर्न चाहन्छु, तपाईंहरु एमाले प्रवेश गर्नुभएको छ। यसले पार्टीलाई मद्दत पुर्‍याउँछ।’

उनले पार्टी बलियो नभइ विकास गर्न नसकिने बताए। ‘विकास आफूले गरेर हुँदैन। सरकारले एउटा एकीकृत योजना ल्याउनुपर्छ। एकीकृत योजना ल्याएर त्यसमार्फत् विकास हुनसक्छ। त्यसका लागि सरकार हुनुपर्‍यो। त्यो सरकारसँग विकासको नीति हुनुपर्छ’  उनले भने। उनले सरकार भनेको जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने, अप्ठ्याराहरुमा सजिलो बनाइदिने काम गर्ने भएको बताए। ‘सरकार भनेको नाक कानमा लगाउने गहना होइन,’ उनले भने।

प्रतिक्रिया दिनुस