कैलाली । कैलाली प्रहरीले जानकी गाउँपालिका–९ का २५ बर्षीय युवक अर्जुन दासको हत्याबारे भ्रामक समाचार प्रशारण नगर्न युटयुब च्यानलहरुलाई चेतावनी दिएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले भ्रामक समाचार प्रशारण गर्ने युटयुब सञ्चालकमाथी कानूनी कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रहरी प्रवक्ता बेदप्रकाश जोशीद्धारा जारी विज्ञप्तीमा सुधाखबर, रमाइलो टिभी, निराजन अनलाइन टिभी, वाइबीके अनलाइन खबर, नयाँ खोज नेपाल, वोर्डलिंक च्यानलले दास हत्याबारे भ्रामक समाचार प्रशारण गरेको उल्लेख छ । उक्त च्यानलमा प्रशारण भएका भ्रामक सामाग्री नहटाए कानूनी कारबाही गरिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुस