सुदूरपश्चिमका १० विमानस्थलका लागी बजेट विनियोजन भएको छ । कृषि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को ३९२ औं बैठकले बजेट विनियोजन गरेको हो ।
कञ्चनपुरको मझगाउँ विमानस्लथका लागि २ करोड ५१ लाख, अछामको कमलबजार विमानस्थल सृदृढीकरणका लागि तीन करोड, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार र बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार बजेट विनियोजन भएको छ । त्यस्तै धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक अर्ब र अन्य भौतिक संरचना निर्माण गर्न १५ करोड बजेट विनियोजन भएको छ।
मन्त्री आलेले सुदूरपश्चिमका विमान स्थलको आवश्यक संरचना निर्माणका विनियोजन गरिएको जनाए ।
प्रतिक्रिया दिनुस