नेकपा माओवादी केन्द्रको महाधिवेशनमा विभिन्न समूहरुको निश्कर्ष सुनाउने क्रम जारी छ । आज माओवादी महाधिवेशनको बन्दसत्रको चौथो दिन हो । आज ११ वटा समूहले आ–आफ्नो सुझाव प्रस्तुत गरेका छन् । बाँकी १५ वटा समूहको सुझाव प्रस्तुत भोलि हुने बताइएको छ । भोलि बिहान ११ बजेबाट पुनः बन्दसत्र सुरु हुने जनाइएको छ ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । प्रचण्डले आफ्नो प्रतिवेदनमा आत्मसमीक्षादेखि अबको नयाँ आधारहरुबारे चर्चा गरेका छन् । सो प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहले छलफल गरेको थियो । छलफलपछिको सुझावहरु दिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुस