दार्चुला । नेपाल–भारत जोड्ने खलंगा स्थित झोलुङ्गे पुलमा नेपाल कम्युनिष्ट पार्टी विप्लव दार्चुलाका कार्यकर्ताहरूले ताला लगाएका छन् । नेपाल प्रति भारतीय हेपाहा प्रवृत्ति ज्यादै बढेको भन्दै कार्यकर्ताहरूले बुधवार पुलको नेपालतर्फको मूल ढोकामा ताला लगाएका जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका सचिव भरत मल्लका अनुसार बुधवार बिहान ७ बजेतिर पुलमा ताला लगाइएको हो ।
भारतीय बजारमा नेपाली रुपैयाँ अवमूल्यन भइरहेको, भारतीय सुरक्षाकर्मी र भन्सार कार्यालयले नेपालीलाई अनावश्यक दुःख दिने गरेको तथा दुवै देशको सहमतिमा सीमा नदीमा तटबन्ध निर्माण गर्नुपर्ने भएता पनि भारत एकलौटी पुनः नदीमा तटबन्ध निर्माण गर्न उद्धत देखिएको भन्दै पार्टीले विज्ञप्ति निकालेर विरोध गर्दै तालाबन्दी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुस