फाइल ।

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं। १ का वडाध्यक्ष गगन सिँहलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नागरिकता बनाउन गरेको सिफारीसमा हस्ताक्षर गरेको भन्दै वडाध्यक्ष सिँहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिए । सोही वडाका सतिश बहादुर सिँहको नक्कली नागरिकता बनाउन सिफारिस गरिएको भन्दै वडाध्यक्ष सहित सिफारीस बनाउने वडासचिव करन वि।क, वडाका लेखापाल अजय बहादुर सिँह लाई पनि पक्राउ गरिएको उनले बताए ।

यसैबिच सोही वडामा रहेको नारायण मा।वि का प्रधानाध्यापक ऐन बहादुर सिँहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सिँहलाई सोही व्यक्तिको कक्षा ८ को नक्कली मार्कसिट बनाईदिएको भन्दै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक विष्टले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २०६८ सालमा एसएलसी दिएर फेल भएको ब्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाईदिने आस्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्न आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट पहिलो पटक सतेस बहादुर सिंहको नामबाट नागरिकता लिएको र अहिले उनै ब्यक्तीको नाम परिवर्तन गरि वडाबाट सिफरिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुस