फाइल।

बैतडीमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित नवनिर्मित स्वास्थ्य भवनमा काम गर्ने नुवाकोटका ४१ वर्षीय नारायण मगरको बाटोबाट लडेर मृत्यु भएको हो।

स्थानीय सित्तड बजारबाट उक्त नवनिर्मित स्वास्थ्य भवनतर्फ आउने क्रममा उक्त बाटोबाट करिब १ सय ५० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ बताएको छ।

प्रतिक्रिया दिनुस