आज अंग्रेजी वर्ष २०२२ को पहिलो दिन । पहिलो दिनलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ । सोहीअनुसार आज आठौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि २०७० सालदेखि टोपी दिवस मनाउन थालिएको हो ।

इतिहासकारहरू जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले दाजुलाई खुसी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको बताउँछन् । विशेषगरी भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिए पनि आ-आफ्ना समुदायका मानिसले आफ्नै पहिचान झल्किने खालका टोपी लगाउँदै आएका छन् । नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन शनिबार शिरमा टोपी लगाएर भव्य रूपमा मनाउन आग्रह गरेको छ । आजको दिन स्वदेश तथा विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरी नेपाली टोपी दिवस मनाउँछन् ।

प्रतिक्रिया दिनुस