बैतडीमा शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन थालिएको छ। जिल्लाको सुर्नया गाउँपालिकामा हिजोदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन थालिएको हो।
यसअघि मङ्सिर ११ देखि १३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो। पालिकाका १८ वर्षमाथि उमेर समूहका पहिलो मात्रा लगााएका ३ हजार बढी नागरिकलाई १८ गतेसम्म भेरोसेलको दोस्रो मात्रा लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। उनका अनुसार हालसम्म उक्त गाउँपालिकाका ६० प्रतिशतले खोपको पूर्ण मात्रा र ८० प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन्।
प्रतिक्रिया दिनुस