काठमाडौं-भारतमा एकै दिन ठूलो स‌ंख्यामा कोरोना संक्रमित थपिएका छन्। भारतमा ओमीक्रोन तीव्रगतिमा फैलिरहेको हो। भारतमा आजसम्म ओमीक्रोनका १ हजार ४ सय ३१ संक्रमित फेला परिसकेका छन्। महाराष्ट्र र दिल्लीमा ओमीक्रोन तीव्र गतिमा फैलिरहेको हो। महाराष्ट्रमा हालसम्म ४ सय ५४ जनामा ओमीक्रोन पुष्टि भइसकेको छ।

ओमीक्रोनबाट भारतमा दुई जनाले ज्यान गुमाइसकेका छन्। दिल्लीमा समेत ३ सय ५१ जनामा ओमीक्रोन पुष्टि भएको छ। ओमीक्रोन पुष्टि भएका मध्ये ४ सय ८८ जना संक्रमण मुक्त भइसकेका छन्। भारतमा कोरोना संक्रमण पुनस् तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्रै २२ हजार नयाँ संक्रमित थपिएका छन्। सोही समयमा ८ हजार जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा मात्रै ४ सय ६ संक्रमितले ज्यान गुमाएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४७ हजार ८१ पुगेको छ।

प्रतिक्रिया दिनुस