महेन्द्रनगर । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ई–पासवर्ड बनाउन मिल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार (आज) बाट ई–पासवर्ड बनाउन सुरुवात गरिएको जनाएको हो । यस अघि कैलालीमा आइतबार देखी ई–पासवर्ड बनाउन सुरु गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको कोठा नम्बर १ राहदानी फाँटमा गएर ई–पासवर्ड बनाउन मिल्ने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आजबाट ई–पासवर्ड बनाउन मिल्ने गरी उपकरण जडान गरिएको जानकारी दिए । कञ्चनपुर स्थायी बसोबास भएकाको मात्रै प्रशासनबाट ई–पासवर्ड बनाउन मिल्ने उनले जनाए ।
प्रतिक्रिया दिनुस