कञ्चनपुर, । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालय कमाईखाने भाँडो बनाउने प्रवृति हावि भएको ठहर गरेको छ । विश्वविद्यालयका बेथिति बिरुद्धमा आन्दोलनरत अनेरास्ववियूले केही पदाधिकारी एव व्यक्तिले कमाईखाने भाँडो बनाउने काम गरेको ठहर गरेको हो । सोमबार अनेरास्ववियू कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै निजी र पैतृक सम्पती ठानेर विश्वविद्यालयलाई झोलामा सीमित राख्न खोज्नुले पदाधिकारीले विश्वविद्यालयमा हित विपरित आफ्नो धन्दा संचालन गरिरहेको आरोप लगाएका छन ।
विश्वविद्यालयलाई बन्धक राखी काठमाण्डौँ जाने म नै विश्वविद्यालय हुँ, आफु र निकट बाहेकलाई विश्वविद्यालय बिरोधी ठान्ने प्रवृति प्रर्दशित भएको अनेरास्ववियूले जनाएको छ । विश्वविद्यालय दोहन गरेर सवारी साधन स्रोत दुरुपयोग गरेर आफ्नो निजी सेवा सुविधा बृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको जनाएको छ । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले विश्वविद्यालयलाई धरासायी बनाउनका लागि केही व्यक्ति नै सकृय भएकाले त्यसका बिरुद्धमा अनेरास्ववियूले तालाबन्दी गरेर आन्दोलन अघि बढाएको बताए ।
‘हामी सुधारका लागि आन्दोलनमा उत्रिएका छौँ, ‘उनले भने, ‘हाम्रो आन्दोलन भागबण्डा होईन, गलत प्रवृति बिरुद्ध संघर्षमा छौँ ।’ मंसिर १२ गते प्स टुको रिजल्ट आएपनि विश्वविद्यालयले विद्यार्थी भर्नाको आकर्षण गराउनुको साटो झन बिकर्षण गराउने काम गरेको बताए । ‘कक्षा १२को रिजल्ट आउने वितिक्दै अन्य निजी क्याम्पसले भर्ना खोलेका छन, ‘उनले भने, ‘तर विश्वविद्यालयले भर्ना प्रकृया फागुनसम्म पु¥याएका छन ।’ विद्यार्थीलाई भगाउने उदेश्यले भर्ना हुने बर्षको शुरुवातमै रजिष्टेशन भर्न लगाएर विद्यार्थीमा संकटमा पारेको उनको भनाई छ ।
अनेरास्ववियूका केन्द्रीय सदस्य प्रज्वल कुँवरले विश्वविद्यालय सक्नका लागि केही प्राध्यापक उद्यत रहेको बताए । उनले दोहोरो प्राध्यापन अन्त्य गर्नुपर्नेमा जोडदिए । डीनकै अधिकार कटौती गरेर काम बिहीन बनाएको अवस्थामा आर्थिक, राजनीतिक प्रलोभनमा नियमावली, मापदण्ड विपरीत अनावश्यक रुपमा नियुक्त गरिएका सहायक डिन, निर्देशक, सह परीक्षा नियन्त्रणका नियुक्ती खारेजीको समेत माग अघि सारेको छ ।
प्रवेस परीक्षाको शुल्क समेत दोब्बर लिएर विपन्न गरिब समुदायका विद्यार्थीको टाउकोमा आर्थिक भार थमाएकाले प्रवेस परीक्षा फिर्ता र बृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने बताए । अनलाईन परीक्षामा आफु निकट विद्यार्थीका उत्तरपुस्तिका अवैधानिक तरिकाबाट परीक्षण गरि उपरीक्षामा उर्तिण गर्न लगाएकोले मर्यादा विपरितका कार्य गर्ने, राजनीतिक धाकधम्की दिन लगाउने काम गरेको गम्भिर आरोप लगाएको छ ।
बिना प्रतिस्पर्धा पूर्णकालिन करार शिक्षक, कर्मचारी भर्ना खारेजी गर्नुपर्ने, टीकापुर बहुमुखी क्याम्पसमा आवश्यक नै नभएका व्यक्तिलाई राजनीतिक लाभका आधारमा नविरण गरेको, विश्वविद्यालय आसेपासेलाई भर्ना खारेजी गर्नुपर्ने, पुस्तकालयको स्तरबृद्धि गर्नुपर्ने, भवन आपूर्ति, समान तहका प्राध्यापक कर्मचारीमा सेवा सुविधामा निरकुश र तानाशाह प्रवृति हावि गरेको जनाएको छ ।
विद्यालयमा अपारदर्शी काम भईरहेकाले सुधार भन्दा बिग्रीदै गएको अनेरास्ववियूले जनाएको छ । विद्यार्थी नेता समेत रहेका नेकपा एकिकृत समाजवादी कञ्चनपुरका नेता महेशराज जोशीले विश्वविद्यालय बिरोधी तत्वहरु नै शिर्ष पदमा आशिन भएकाले विश्वविद्यालय धरासायी बन्ने निश्चित भएको बताए ।
‘एक हुल विश्वविद्यालय चरम बिरोधी समुह पद पाएपछि लुरुलुरु खाईरहेका छन, ‘उनले भने, ‘बिरोधी समुहलाई विश्वविद्यालयको बागडोर दिए के विश्वविद्यालय बन्छ ।’ राजनीतिक, भेगिय, क्षेत्रीय एव आफन्तबादका विश्वविद्यालय चलाउन खोजिएको भन्दै उनले उपकुलपति डा. अमराज जोशीको भत्र्सना गरे ।
‘उपकुलतिलाई चुनाव लड्ने ईच्छा भए, विश्वविद्यालयबाट राजिनामा दिनुपर्छ, ‘उनले भने, ‘कम्तिमा विश्वविद्यालय धरापमा पार्नु त भएनन् नि ।’ विश्वविद्यालयमा केही प्राध्यापक राजनीतिक नेताको चाकडी गरेर छिर्ने र त्यहाँ प्राध्यापन भन्दा पनि नेताको गुलामी गर्ने प्रवृतिले विश्वसवद्यालयको गुणस्तर खस्किरहेको जोशीले बताए । तर, विश्वविद्यालयले अवैधानिक नियुक्त नगरिएको जनाएको छ । रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयमा कुनैपनि अवैधानिक काम नभएको बताउँदै आएका छन ।