कञ्चनपुर, । नेकपा एमालेले आज (शुक्रबार) कञ्चनपुर सहित देशैभरीका ७७ वटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन गर्दै छ । वडा, पालिका र केन्द्रीय अधिवेशन गरेर फेरी जिल्ला अधिवेशन गरिरहेको एमाले अधिवेशनबाट जिल्ला नेतृत्व चयन गर्ने छ । शुक्रबार एक साथ पार्टी अध्यक्ष एव पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ देशभरी जिल्ला अधिवेशनको उद्घाटन गर्नेछ ।
यस अघि माओवादी केन्द्रले सातै प्रदेशको एक साथ भर्चुअल बिधीबाट प्रदेश अधिवेशन उद्घाटन गरेको स्टाईलमा ओलीले समेत एकसाथ भर्चुअल बिधीबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । एमाले जिल्ला अधिवेशनबाट ओली पक्षले नेपाल समुहबाट फर्किएका र माअोवादीबाट आएकालाई पाखा लगाउने नीति अघि सारेको छ ।
नेपाल समुहका कारण पार्टीले सरकार गुमाउनु परेको र माओवादीबाट आएका एमाले शक्तिमा हुँदा मन्त्री र पदका लागि आएकोले स्वार्थी भन्दै दुवै पक्षबाट आएका नेताहरुलाई पाखा लगाएर मुल नेतृत्वमा ओली समुहकै कट्टर नेताहरुलाई दिने तयारी रहेको ओली पक्षीय केही नेताहरुको भनाई छ ।
नेपाल समुहबाट फर्किएका र माओवादीबाट आएकालाई जिम्मेबार बिहिन बनाउने ओली पक्षको योजना रहेको कञ्चनपुरका ओली नेताहरुले बताएउँदै आएका छन । उनीहरुले कुनैपनि हालतमा विगतमा जस्तो भएपनि अहिलेको परिस्थितिमा पाटी सरकारमा नरहेकाले माओवादीबाट आएका र नेपाल समुहबाट फर्किएका नेताहरुलाई जिम्मेबारी दिनु ओली समुहका लागि आत्मघाती हुने भएकाले दिनै नहुने पक्षमा नेताहरु लभिङ्गमा जुटेका छन ।
एमाले कञ्चनपुरका प्रचारप्रसार विभाग प्रमुख कर्ण चन्दले जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘जिल्ला अधिवेशन सदस्यको टुङगो लागिसकेको छ, ‘उनले भने, ‘पाटीमा कुनै गुट उपगुट छैनन, सम्मानिय पार्टी अध्यक्षले भर्चुअल माध्यमबाट अधिवेशन उदघाटन गर्नेछन ।’ पार्टीमा कुनै गुट उपगुट नभएको दावि गर्दै उनले हल्लाको पछि नपर्न आग्रह गरे ।
एमाले सिङगै एमाले भएको र माओवादीबाट आएका र नेपाल समुहबाट फर्किएका नेताहरुलाई पाखा लगाउने काम बारे सोच्दा पनि पार्टीले नसोचेको बताए । बजारमा कसले के गरे, के भने, जस्ता विषय भन्दा पनि कम्यूनिष्ट पार्टी एमाले एक ढिक्का रहेको उनको दावि छ । एमाले कञ्चनपुरको नेतृत्वका लागि सुरेन्द्र विष्ट, बिर ब. थापा र अशोक चन्द आँकाक्षी देखिएका छन ।
अध्यक्ष पक्षी कार्यकारी पद सचिवका लागि पल्लवराज भट्ट, रण बहादुर महरा देखिएका छन । एमाले नेताहरुले अध्यक्षका लागि सबैभन्दा प्रबल दाबेदार सुरेन्द्र विष्टले नै भएको दावि गरिरहेका छन । ‘अन्यले केही पदहरुमा बार्किनिका लागि अध्यक्ष तोकेका हुन, ‘एक एमाले नेताले भने, ‘अब एमाले कञ्चनपुर हाल्ने नेतृत्व विष्टकै काँधमा छ ।’
एमाले अध्यक्ष नपाए बीर बहादुर थापा सहितका केही पुर्व माओवादीले बिद्रोह गर्ने तयारी गरेका छन । ‘अहिले निर्वतमान अध्यक्ष थापाले ने अध्यक्षका लागि आँकाक्षी देखिएका छन, ‘एमाले स्रोतले भन्यो, ‘अध्यक्ष नपाए उनले चाहेको स्पेश माग्नेछन, नदिए पुन माओवादीमा फर्किनेछन ।’
एमाले एक हिस्साले एमाले संकटमा परेका बेला आफ्नो पार्टी परित्याग गरेर एमालेको साख बचाउन आएका थापालाई नेतृत्व दिनुपर्ने तर्क राखेका छन । एमाले युवाको एक अर्को समुहले अब एमाले नेतृत्व अशोक चन्दलाई दिनुपर्ने तर्क राख्छन । एमाले नेतृत्व र पदाधिकारीका लागि आँकाक्षी बढि देखिएकाले सहमतीय आधारमा नेतृत्व एव पदाधिकारी टुङग्याउनुपर्नेमा बुढापाखा नेताहरुको सुझाव छ ।