महेन्द्रनगर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका भारतिय नागरिक अलि हुसेन धरौटीमा रिहा भएका छन् । उक्त बलात्काल पछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

हुसेनलाई निर्मला प्रकरणमै नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको खुलेको छ । तर उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए ।

त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई पक्राउ गरेको थियो । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि थियो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म असफल छ ।

प्रतिक्रिया दिनुस