महेन्द्रनगर । कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको भन्दै स्थानिय आन्दोलीत भएका छन् । कसरौलमा भवनको निर्माण कार्यमा अवरोध गरिएको भन्दै वडाबासीले आन्दोलन थालेका हुन् । वडाका बासिन्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगे । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए । नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । उनले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउने बारे सोधेको प्रश्नको जवाफ पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए।

प्रतिक्रिया दिनुस